सूर्यविनायक–धुलिखेल सडक विस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन « Khabarhub

सूर्यविनायक–धुलिखेल सडक विस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताए । मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडकखण्डको अनुगमन गरेको थियो ।

सूर्यविनायक– धुलिखेल सडकखण्ड दुई खण्डमा विभाजन गरी हाल सडक विस्तारको काम भइरहेको छ । हाल सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।

कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडकखण्ड विस्तारको काम गत वर्षबाट सुरु गरिएको हो । झन्डै रु आठ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको सडकखण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिए।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँबायाँ पाँच–पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ५५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल