पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्छ : महामन्त्री शर्मा « Khabarhub

पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्छ : महामन्त्री शर्मा


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारले कसैलाई पनि भेद्भाव नगरी सत्यतथ्य समाचार लेखन तथा सम्प्रेषणमा ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौँ जिल्ला अधिवेशन आज उद्घाटन गर्दै उनले प्रेस युनियनलाई मजबुत बनाइ लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्न निर्देशनसमेत दिए । उनले अब आउने नयाँ कार्य समितिलाई अग्रिम शुभकामना दिँदै लोकतान्त्रिक विधिबाट नै राष्ट्र र जनताको हितमा काम गर्न निर्देशन दिएका हुन् ।

अध्यक्षमा दाहाल निर्विरोध

नेपाल प्रेस युनियन ललितपुर शाखाका कार्यवाहक अध्यक्ष केदारनाथ दाहाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षहरू रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे र प्रनिशा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा काजीमान खड्का, सहसचिवमा विनिता डङ्गोल र कोषाध्यक्षमा प्रकाश थिङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा रञ्जित धमला, अनिशा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता विश्वकर्मा रहेका छन्। शाखामा एक सय २० जना क्रियाशील सदस्य छन् ।–

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको