पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्छ : महामन्त्री शर्मा « Khabarhub

पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्छ : महामन्त्री शर्मा


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारले कसैलाई पनि भेद्भाव नगरी सत्यतथ्य समाचार लेखन तथा सम्प्रेषणमा ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौँ जिल्ला अधिवेशन आज उद्घाटन गर्दै उनले प्रेस युनियनलाई मजबुत बनाइ लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्न निर्देशनसमेत दिए । उनले अब आउने नयाँ कार्य समितिलाई अग्रिम शुभकामना दिँदै लोकतान्त्रिक विधिबाट नै राष्ट्र र जनताको हितमा काम गर्न निर्देशन दिएका हुन् ।

अध्यक्षमा दाहाल निर्विरोध

नेपाल प्रेस युनियन ललितपुर शाखाका कार्यवाहक अध्यक्ष केदारनाथ दाहाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षहरू रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे र प्रनिशा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा काजीमान खड्का, सहसचिवमा विनिता डङ्गोल र कोषाध्यक्षमा प्रकाश थिङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा रञ्जित धमला, अनिशा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता विश्वकर्मा रहेका छन्। शाखामा एक सय २० जना क्रियाशील सदस्य छन् ।–

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ५७ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६