चितवनको रत्ननगरमा ‘विपन्न उपचार कोष’ सञ्चालन « Khabarhub

चितवनको रत्ननगरमा ‘विपन्न उपचार कोष’ सञ्चालन


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् ।

अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।

कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग गरिएको नगरप्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । नगरपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्ष २०७९–८० को भदौ महिनाबाट कोष सञ्चालनमा ल्याएको थियो । कोषको कार्यविधिअनुसार एउटा बिरामीलाई १० हजारसम्म उपचारका लागि सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ ।

आवश्यकताअनुसार रकम थप गर्ने विकल्प खुल्ला गरिएको नगरप्रमुख सापकोटाले बताए । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्रतिव्यक्ति २० हजारसम्म प्रदान गरिएको उनको भनाइ छ । १० हजारभन्दा बढी पाउने बिरामीको सङ्ख्या तीन जना रहेको जनाउँदै नगरप्रमुख सापकोटाले वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको बताए ।

कोषबाट ३७ बिरामीको उपचारको लागि प्रतिव्यक्ति १० हजार र तीन बिरामीको उपचारको लागि प्रतिव्यक्ति २० हजारका दरले कोषबाट प्रदान गरिइएको छ । कोष सञ्चालनमा आएपछि हालसम्म दुई लाख ५० हजार खर्च भएको उनले बताए । ‘आर्थिक अभावका कारण उपचार गर्न नपाएर कसैले ज्यान जानु हुँदैन’, उनले भने, ‘गरिब तथा विपन्न नगरवासीको उपचारको लागि कोष स्थापना गरेका हौँ ।’

त्यसैगरी नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गत आव २०७९–८० मा तीन हजार दुई घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ ।

विपन्न समुदायको उपचारको लागि स्वास्थ्य बीमा र आकस्मिक उपचारको लागि कोष स्थापना गरिएको नगरप्रमुख सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको