राप्रपाले आज धार्मिक यात्रा गर्दै | Khabarhub Khabarhub

राप्रपाले आज धार्मिक यात्रा गर्दै


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज धार्मिक यात्रा गर्ने भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।

पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार धार्मिक यात्रा दिउँसो १ बजे मैतीदेवीबाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । 

राप्रपाले धार्मिक यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा अपिल समेत गरेको छ ।

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने, आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गर्न लागिएको आयोजक नेपाल सनातन धर्म संस्कृति सङ्गठनले जनाएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ३३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु