साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए « Khabarhub

साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए

दूतावासले सहयोग नगरेको गुनासो



दोहा – आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत साउदी अरब पुर्याएर अलपत्र छोडेरका १९ नेपाली कामदार स्वदेश फर्किएका छन्। पैसा कमाउने सपनासहित साउदी पुगेका उनीहरु ५० डिग्रीको तातो सडकमै दुई महिनासम्म अलपत्र परेपछि घरबाटै पैसा मगाएर स्वदेश फर्किएका हुन्।

ओशो म्यानपावरबाट करिब दुई महिना अघि साउदी अरब पुगेका उनीहरुलाई त्यहाँको कम्पनीले भित्र पस्न नदिई बाहिरै सडकमा छोडेर अलपत्र पारेको थियो। उनीहरुलाई समाजसेवी यम तमु र ग्लोबल आईएमई बैंकका जिसीसी प्रमुख तथा एनआरएनए साउदीका उपाध्यक्ष रामबहादुर क्षेत्रीको पहलमा उद्धार गरेर नेपाल पठाइएको हो।

‘उहाँहरु ओशो म्यानपावरबाट करिब दुई महिना अगाडि साउदी आउनु भएको रहेछ’, ग्लोबल आईएमई बैंकका जिसीसी प्रमुख क्षेत्रीले भने, ‘सम्झौता पत्रमा भनेअनुसारको काम पनि नदिएर कम्पनीले बाहिरै राखेको खबर पाएपछि हामी उद्धार गरेका हौं।’

उद्धारका लागि यहाँ पुग्दा उनीहरुले नेपालबाटै पैसा मगाएर हवाई टिकट काटेर तयारी अवस्था रहेको भेटेका थिए। समाजसेवी तमु र क्षेत्रीले खानाको व्यवस्था गरेर उनीहरुलाई एयरपोर्टसम्मको लागि ट्याक्सीको व्यवस्था गरेका थिए।

‘न रोजगारी न खान बस्न को सुविधा। जुन जुलाईको चर्को घाममा खुला आकाश मुनीको सुताई सम्झदा पनि ज्यान नै सिरिंग हुन्छ’, समाजसेवी तमुले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

दलाललाई मोटो रकम बुझाएर त्यहाँ पुगेर अलपत्र परेका १९ नेपाली युवालाई आफूहरुले नेपालमा गएर कानुनी लडाइँ लड्न सुझाव दिएको क्षेत्रीको भनाइ छ। चर्को शुल्क तिरेर साउदी ल्याएर अलपत्र परेका युवाले नेपाल फर्किए लगत्तै म्यानपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी गरेका छन्।

गरेन दूतावासले सहयोग

साउदी अलपत्र अधिकांश नेपालीले रियादस्थित नेपाली दूतावासले समस्या नसुनेको गुनासो गरेका छन्।

दूतावासलाई पटक–पटक फोन गरेर आफूहरु समस्या परेको र उद्धार तथा सहयोग माग्न जानकारी गराए पनि वास्ता नगर्ने गरेको अलपत्र नेपालीको गुनासो छ।

त्यहाँ अलपत्र अधिकांश नेपाली कामदार नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र दूतावासले पनि वेवास्ता गरेको कारण घरबाट पैसा मगाएर नेपाल फर्किने गरेका छन्।

पछिल्लो समय त्यहाँका विभिन्न कम्पनीले नेपालबाट कामदार लिए पनि कन्ट्याक नपाउँदा सयौं नेपाली युवा अलपत्र पर्नेक्रम बढिरहेको छ। कामदार पठाउँँदा नेपालका म्यानपावर कम्पनीले पनि कामदार पठाउन लागेको कम्पनीको अवस्था कस्तो छ बुझेर मात्र पठाउनु पर्ने देखिन्छ।

अनलाइनमार्फत गुनासो राख्न दूतावासको अनुरोध

साउदी अलपत्र पर्ने नेपालीको संख्या बढेपछि त्यहाँ कार्यरत नेपालीलाई आफ्नो समस्या वा गुनासो राख्न दूतावासले अनुरोध गरेको छ। साउदी अरबमा कार्यरत रहेका नेपाली नागरिकलाई कुनै समस्या वा गुनासो दूतावासले उपलब्ध गराएको लिंकमा गएर पठाउन अनुरोध गरेको हो।

समस्यामा परेका नेपालीले पठाएको गुनासो तथा समस्या समाधानको लागि आफ्नो क्षेत्राधिकारको अधिनमा रहेर दूतावासबाट पहल हुने जनाएको छ। समस्या समाधानमा भएको पहल तथा प्रयास सम्बन्धी जानकारी अनलाइन मार्फत सार्वजनिक गरिने जनाएको छ।

पीडितलाई परेको श्रम सम्बन्धी समस्याको उजुरी दर्ता गराउन दूतावासमा प्रत्यक्षरुपमा उपस्थित हुन विभिन्न कठिनाई पर्ने भएकोले सहजरुपमा नेपाली नगरिककै मोवाइलबाट उजुरी गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ।

दूतावासले पहिला नै समस्या दर्ता गराएका नागरिकलाई पुनः अनलाइनमा गुनासो नगर्न अनुरोधसमेत गरेको छ।
पीडितले पठाएको उजुरी उपर दूतावासले गरेको कारबाहीको पछिल्लो अवस्थाको अनलाइनबाटै जानकारी गराउने दूतावासको भनाइ छ। साउदी अरबमा करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत छन्।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : १५ बजे

कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संसदमा

पहिचान जोगाउन होमस्टे सञ्चालन

भजनी– थारू समुदायको पहिचानसहितको  कला, संस्कृति तथा मौलिकताको संरक्षण र

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको

यस्तो छ, लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

टीकापुर– कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती