लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ « Khabarhub

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका– १ होलियाबाट यादवलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्वमन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव जनता समाजवादी पार्टी  हुँदै २०७९ सालको निर्वाचनमा एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए । तर उनी जसपाका उम्मेदवारसँग पराजित भएका थिए ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा जसपाको तर्फबाट बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारको  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत भएका थिए । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ०७ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट