लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका– १ होलियाबाट यादवलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्वमन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव जनता समाजवादी पार्टी  हुँदै २०७९ सालको निर्वाचनमा एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए । तर उनी जसपाका उम्मेदवारसँग पराजित भएका थिए ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा जसपाको तर्फबाट बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारको  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत भएका थिए । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ०७ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय