सेयर बजारमा ४७.०७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ४७.०७ अंकको वृद्धि


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । नेप्से सूचक ४७.०७ विन्दुले बढेर २१४४.१६ अंकमा आएको छ । सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो । 

३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम भने औसतमा हो । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।

यस दिन २५७ कम्पनीको ७६ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्सशाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : ०१ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल