वायुसेवा निगमद्वारा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ कराेड रुपैयाँ भुक्तानी « Khabarhub

वायुसेवा निगमद्वारा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ कराेड रुपैयाँ भुक्तानी


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वायुसेवा निगमले खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ता भुक्तानी गरेको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत ८२ करोड नौ लाख रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको हो ।

निगमले आइतबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई उक्त रकम भुक्तानी गरेको निगमको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि निगमले २०७९ साल आसारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : ५० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १