वायुसेवा निगमद्वारा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ कराेड रुपैयाँ भुक्तानी | Khabarhub Khabarhub

वायुसेवा निगमद्वारा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ कराेड रुपैयाँ भुक्तानी


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वायुसेवा निगमले खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ता भुक्तानी गरेको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत ८२ करोड नौ लाख रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको हो ।

निगमले आइतबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई उक्त रकम भुक्तानी गरेको निगमको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि निगमले २०७९ साल आसारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : ५० बजे

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने