पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गरे । 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो । हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख लिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन् । 

डिपो निर्माणका लागि रु ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ । ‘एक हजार दुई सय किलोलिटर क्षमताका तीन र एक हजार पाँच सय किलोलिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिनेछन्’, उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो ।’ नायब कार्यकारी निर्देशक साहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ३१ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार