दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती : अर्थमन्त्री  « Khabarhub

दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती : अर्थमन्त्री 


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकास लक्ष्य प्राप्त गर्न अल्पविकसित मुलुकका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा उनले राजस्व स्रोतको अभाव र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण अल्पविकसित मुलुकमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताएका हुन् । 

स्रोत अभावका कारण स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको उनले बताए। अल्पविकसित र विकासोन्मुख मुलुकका लागि अनुदान र सहुलियतपूर्ण आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनका लागि पनि अर्थमन्त्री डा महतले उक्त सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान,  फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ ।

जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा विश्वअर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ । 

सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि मंगलबारसम्म चल्नेछ । अर्थमन्त्री डा महत बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ५९ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा