मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अवलोकन | Khabarhub Khabarhub

मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अवलोकन


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने ‘छिन्चु–मेहलकुना औद्योगिक करिडोर’को स्थलगत अवलोकन गरेका छन् । उनले आज भेरीगङ्गा नगरपालिकाको छिन्चु–मेहलकुना औद्योगिक करिडोरको अध्ययन तथा निरीक्षण गरेका हुन् ।

अध्ययनपश्चात् मेहलकुनामा आज आयोजित ‘छिन्चु मेहलकुना औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन’ विषयक बृहत् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णालीको औद्योगिक विकास हुन नसनकेको जनाए । “कर्णाली कसरी निर्माण गर्न सकिन्छ भन्ने कोणबाट अध्ययन, अनुसन्धान गरी साधन स्रोतहरुको परिचालन गर्नुपर्ने अवस्था छ,” उनले भने, “तसर्थ कर्णाली आर्थिक समृद्धिमा कसरी जान सक्छ भन्नेमा हामी गम्भीर हुनैपर्छ ।” अहिले पनि कर्णाली घट्ट, जाँतो, कुटो, कोदालोको त्यो परम्पागत युगभन्दा माथि उठ्न नसकेको उनको भनाइ थियो ।

मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै मुख्यमन्त्री शर्माले कर्णालीलाई आर्थिक समृद्धिको युगमा लैजान सबैले जिम्मेवारी र दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । आर्थिक सम्पन्नता र सामाजिक न्यायले मात्र समाजलाई सुखी बनाउन सकिने उनको भनाइ थियो । उनले कर्णालीमा तत्काल काठको उद्योग खोल्नतर्फ अग्रसर रहेको बताए ।

भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतको रामजानकी सामुदायिक वन क्षेत्रमा रहेको औद्योगिक करिडोरको स्थलगत अध्ययनमा मुख्यमन्त्री शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग, पर्यटन, सामाजिक मन्त्री खड्गबहादुर पोखरेल, वन तथा वातावरणमन्त्री कृष्ण बिसी, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखलगायत सहभागी थिए ।

करिडोरको जग्गा खोजीका लागि अनुगमन तथा निरीक्षण भएको बताइएको छ । पर्यटकीय सम्भावना बोकेको उक्त करिडोर औद्योगिक हिसाबले अझ बढी महत्त्व भएको बताउँदै मुख्यमन्त्री शर्माले यसको विकास गर्न सकिए कर्णालीको अर्थतन्त्रमा सहयोग पुग्ने जनाए।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : १० बजे

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको