कोरियामा भीषण बाढी,४० जनाको मृत्यु « Khabarhub

कोरियामा भीषण बाढी,४० जनाको मृत्यु


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ४० जनाको मृत्यु भएको छ भने अन्य १७ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा १९ र मध्यचुङचेङ प्रान्तमा १६ जनाको मृत्यु भएको हो ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य पाँच जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा १७ जना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य सहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारी साधनबाट गत राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा सहरका १० हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या छ सय २८ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ । तीन सय १७ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : २३ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग