आजदेखि कामपामा प्लास्टिकको प्रयोग गर्न निषेध | Khabarhub Khabarhub

आजदेखि कामपामा प्लास्टिकको प्रयोग गर्न निषेध


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –काठमाडौँ महानगरपालिकाले आजदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । कामपाले आज १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

कामपाको प्रमुख बालेन्द्र साहले गत असार ६ गते चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोगमा प्रतिबन्ध गर्ने नीति लिने बताएका थिए ।

त्यसका लागि कामपाले प्रचारप्रसार गर्ने र नागरिकहरूलाई ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोग नगर्न आग्रहसमेत गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । आगामी आवका लागि जम्मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको कामपाले फोहरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित कार्यक्रमका लागि भने रु ८७ करोड ९३ लाख रकम विनियोजन गरेको छ ।

सफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं उपकरण थप गर्नका लागि रु २७ करोड रकम छुट्याएको छ । त्यसैगरी कामपा क्षेत्रभित्रका नदीहरूको सरसफाइ र संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाका रूपमा सञ्चालन गर्न रु सात करोड विनियोजन गरेको छ ।

कामपा क्षेत्रमा वायु प्रदूषण, ध्वनि प्रदूषणलगायत वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ । सवारी साधनहरूको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्कासन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारी पनि कामपाले गरेको छ ।

कामपा भित्रका नदीनालाहरूको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रुपमा सञ्चालन पनि कामपाले जनाएको छ । यसका लागि आवश्यक उपकरणहरू खरिद गरी संस्थागत क्षमता विकास गरिनाका साथै वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने बताइएको छ । यसै वर्षदेखि वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गर्नका लागि आवश्यक सबै कदम चाल्ने कामपाले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : २८ बजे

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ

काठमाडौं- नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना

सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन

एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद

पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार