काठमाडौँ महानगरले तोक्यो पार्किङ शुल्क | Khabarhub Khabarhub

काठमाडौँ महानगरले तोक्यो पार्किङ शुल्क


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ ।

महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरेको छ । सो ऐन आजदेखि कार्यान्वयनमा आएको छ ।

व्यावसायिकरूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ । ऐनले सार्वजनिक सडकमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नपाइने व्यवस्था गरेको छ ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्नेछ ।

महानगरले भित्री तथा बाहिरी क्षेत्रमा सवारी पार्किङको शुल्क पनि तोकेको छ । नयाँसडक, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायत भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत दुईपाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु १५ र प्रतिघण्टा रु २५ कायम गरिएको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो । चारपाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु ५० र प्रतिघण्टा रु ८० कायम गरिएको छ ।

सो स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नं २ मानिएको छ । यी क्षेत्रमा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गरेबापत प्रतिघण्टा रु १५, चारपाङ्ग्रेका रु ४० र चारपाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रतिघण्टा रु एक सय कायम गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन । यस्तै आपत्कालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ३७ बजे

जुम्लाकोट पशुसेवा केन्द्र पुनःसञ्चालनमा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा

संवादका लागि गृहमन्त्री आफैँ पाथीभरा जान सक्दैनन् ?

काठमाडौंले त्यहाँको स्थानीय समुदायको जुन अनुभव र चाहना हो त्यसलाई

ढोरपाटन जोड्ने सडक स्तरोन्नित गरिँदै

म्याग्दी– मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका

मेलम्ची खानेपानीको पाइप फुटेपछि क्षतिग्रस्त थापाथली सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने सडकमा मेलम्ची खानेपानीको

धरानेको पीडा : सर्दु जलाधारका नाममा कहिलेसम्म सास्ती खेप्ने ?

सुनसरी- राज्य र कर्मचारी तन्त्र अस्पष्ट भएमा सर्वसाधारणले अनावश्यक रुपमा