गठबन्धनकै नेताहरू सुन काण्डमा संलग्न छन् : योगेश भट्टराई  « Khabarhub

गठबन्धनकै नेताहरू सुन काण्डमा संलग्न छन् : योगेश भट्टराई 


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी गठबन्धनमा आवद्ध दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन् ।

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आइपुगेका सचिव भट्टराईले उच्चस्तरीय छानविन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानविन समिति नबनाइएको तर्क गरे ।

उनले संसद अवरुद्ध एमालेको रहर नभएको बताउँदै सरकारकै कारण संसदमा गतिरोध रहेको टिप्पणी गरे ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्रीलाई समेत नछोड्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसलाई रोकेको सचिव भट्टराईको आरोप छ ।

२०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएकाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए। 

उनले एमाले मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउँदै उक्त निर्वाचनमा स्थानीयदेखि संघसम्म एमालेले बहुमत प्राप्त गर्ने बताए ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४