गठबन्धनकै नेताहरू सुन काण्डमा संलग्न छन् : योगेश भट्टराई  « Khabarhub

गठबन्धनकै नेताहरू सुन काण्डमा संलग्न छन् : योगेश भट्टराई 


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी गठबन्धनमा आवद्ध दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन् ।

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आइपुगेका सचिव भट्टराईले उच्चस्तरीय छानविन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानविन समिति नबनाइएको तर्क गरे ।

उनले संसद अवरुद्ध एमालेको रहर नभएको बताउँदै सरकारकै कारण संसदमा गतिरोध रहेको टिप्पणी गरे ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्रीलाई समेत नछोड्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसलाई रोकेको सचिव भट्टराईको आरोप छ ।

२०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएकाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए। 

उनले एमाले मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउँदै उक्त निर्वाचनमा स्थानीयदेखि संघसम्म एमालेले बहुमत प्राप्त गर्ने बताए ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : १४ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट