वातावरण प्रदूषण र बढ्दो स्वास्थ्य समस्या | Khabarhub Khabarhub

वातावरण प्रदूषण र बढ्दो स्वास्थ्य समस्या


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

फराह नुरफिनलाई धेरै चिकित्सकले उनको स्वास्थ्य अवस्थाका कारण घरेलु सहर छाड्न सल्लाह दिएका छन्। अस्थामाकी रोगी उनी सधैँ मास्क लगाउँछिन्। तर, त्यहाँको प्रदूषित वातावरण उनका लागि अनुकूल बनेको छैन।

जाकर्ता सहर प्रदूषित सहरको सूचीमा लामो समयदेखि पहिलो नम्बरमा रहेको छ। राष्ट्रपति जोको विडोडोले सबै राष्ट्रसेवक कर्मचारीले घरबाट काम गर्न सर्कुलर जारी गरिसकेका छन्।

गत साता जाकार्ताले प्रदूषित कण पीएमको मात्रा २ दशमलव ५ भएको थाहा पाएपछि सरकार नै अत्तालिएको हो। अन्य सहर रियाद, दोहा र लाहोर पनि त्यसैगरी प्रदूषित भएका छन्।

स्वट्जरल्याण्डको वायु गुणस्तर मापन प्रविधि कम्पनी आइक्यु एयरका अनुसार यी सहरमा हरेक दिन प्रदूषण उस्तै छ। मे महिनादेखि जकार्ता सबै भन्दा प्रदूषित १० सहरभन्दा भित्र नै परेको छ। राजधानी सहर र यसको वरपर घेरिएर रहनेको कुल सङ्ख्या तीन करोड छ।

आजभोलि फराह अक्सिमिटर लिएर हिँड्ने गरेकी छिन्। समय समयमा औलामा अक्सिमिटर राखेर नाप्ने बानी पनि उनको छ। यसले उनलाई आफू सुरक्षित भएको अनुभव हुन्छ। ‘हामी जस्तो अवस्थामा भएका मानिसलाई अक्सिजनको मात्रा अलिकति घटेमा मात्र पनि छाती कसिलो भएको महसुस हुन्छ। छाती दुख्न सुरु हुन्छ र एक किसिमको अप्ठेरो महसुस हुन्छ,’ फराहले आफ्नो शारिरिक समस्या बारे भनिन्।

अहिले मार्केटिङ एजेन्सीमा इन्टर्न गरिरहेकी फराहका लागि यो एउटा साँच्चै कठिन हो। उनको रोगको अवस्था जटिल भएका कारण धेरै चिकित्सकले जाकार्ता छाड्ने सल्लाह दिएका छन्। इन्डोनेसियामा रहिरहेमा एउटै किसिमको समस्या आउन सक्ने चिकित्सकले बताएका छन्।

स्थानीय अधिकारी सुख्खा मौसम भएको समयमा प्रदूषण बढ्ने गरेको बताउँछन्। उनीहरूका अनुसार यातायातबाट हुने उत्सर्जन प्रदूषणको मुख्य कारण हो। उनीहरूले चालकले सवारी चलाउँदा प्रदूषण मापन नगरी चलाउन नमिल्ने कुरामा जोड दिएका छन्।

राष्ट्रपति विडोडो जाकार्तामा कृतिम वर्षका लागि नयाँ मोडलको एउटा प्रविधि आवश्यक भएको बताउँछन्। उनले सबै कम्पनीलाई हाइब्रिड काम गर्न भनीसकेका छन्। तल्लो तहका स्थानीय निकायले पनि आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनी सकेको छ।

यी सबै प्रयास, डरलाग्दो र वातावरण प्रदूषणका कारण जाकार्ताका धेरै जना अन्यौलतामा छन्। अबको बाटो के भन्ने निर्णय गर्न नै उनीहरूलाई कठिन भएको छ। हुँवा एमानुएल धर्माडजाया भन्छन्, ‘म साँच्चै दोधारमा छु। इन्डोनेसियाको यसै जाकार्तामा म जन्मिएँ र हुर्किए। मेरो परिवार पनि यहीँ छ। तर यहाँको वायु प्रदूषण साइलेन्ट किलर भएको छ।’

आइटी कम्पनीमा काम गर्ने उनी राम्रोसँग काम गर्न पनि सक्दैनन्। कार्यालयमा रहँदा पनि सिँगान बगी रहने त उनको समस्या नै भयो।

उनी अध्ययनको क्रममा जर्मनीमा रहँदाको अवस्था सम्झन्छन्। त्यहाँको उनको नाक कहिले पनि रसिलो भएको थिएन। हिउँ पर्ने जाडो समयमा आफूले रुघाको समस्या महसुस नगरेको उनी बताउँछन्। युरोपबाट इन्डोनेसियामा फर्कने बित्तिकै उनलाई लगातार रुघा लाग्न सुरु भएको हो।

इन्डोनेसियाको वन तथा वातावरण मन्त्रालयको वरिष्ठ अधिकृत सिगीट रोलीयन्टारोले शुक्रबार एक प्रेस भेटघाट कार्यक्रममा जुन–जुलाई र अगस्ट महिनाको सुख्खा हावाको कारण अहिले वातावरण प्रदूषण बढी रहेको बताए।

प्रदूषित सुख्खा हावा अहिले जाकार्ताको वातावरणमा लामो समय टिक्न थालेको छ। यो सुख्खा मौसममा डढेलोको समस्या पनि बढ्नु स्वाभाविक हो। सरकारले गरेको अनुसन्धानको अनुसार यातायातका साधन यस किसिमको प्रदूषणका लागि कारक बनेका छन्। ४४ प्रशित प्रदूषण यातायातका साधनले गर्दा भएको छ।

यस क्षेत्रमा काम गरीरहेका मोहम्मद अमिनुल्लाह जस्ताको विचारमा भने कारखाना र त्यहाँबाट उत्पादन हुने फोहोर नै प्रदूषणको मुख्य कारण हो। इन्डोनेसियाको उत्सर्जन घटाउने महत्त्वाकाङ्क्षी योजना नभएको होइन। कोइला र खानी जन्य ऊर्जालाई विद्युतीय ऊर्जामार्फत सन् २०५६ सम्ममा विस्थापित गरी सक्ने लक्ष्य राखिएको छ।

इन्डोनेसिया अहिले थर्मल कोलको संसारकै सबै भन्दा ठुलो निर्यातकर्ता हो। धेरै जना व्यक्ति कोइलाजन्य उद्योगका काम गरिहेका कारण यसलाई तत्काल बन्द गर्ने अवस्था छैन।

यसले ल्याउने सामाजिक र आर्थिक असन्तुलन पनि डरलाग्दो हुनसक्छ। विस्तारै यसलाई विस्थापित गर्दै जाने काम पनि कम्ती चुनौतीपूर्ण भने होइन।

आर्थिक र राजनीतिक कारणले सरकार अहिले धेरै कार्बन उत्सर्जन गर्ने उद्योग प्रति पनि कडा हुन सकेको छैन। वाल्ही पनि भनिने इन्डोनेसियाको वातावरण क्षेत्रमा सक्रिय व्यक्ति अमिनुल्ला हसमुदायको नजिकै प्लान्ट भए पनि त्यसलाई व्यवस्थित गर्न सरकारले कुनै चासो नै नदिएको आरोप लगाउँछन्।

अर्का व्यक्ति त्यसै कोइला खानीको नजिक बस्ने गरेका छन्। उनी हरेक दिन यस समस्याले आजित भएको बताउँछन्। उनले नुहाउन र खाना पकाउन पनि आकाशबाट परेको पानी जम्मा गर्ने गरेको बताए।

सन् २००९ देखि आफ्नै घर नजिकै कोइला खानी सुरु भएपछि उनका लागि जीवनका हरेक पक्ष कठिन बनेको छ। घरमा पानी ल्याउँदा त्यो पानी नै कालो हुन र एउटा लेउ जमेको जस्तो महसुस भए पनि उनी अहिले समस्यामा परेका छन्।

यसरी वातावरण प्रदूषण कम गर्ने उपाय भनेको नै जङ्गलमा धेरै रुख रोप्ने हो। अहिले इन्डोनेसियामा वन विनाशको क्रम पनि बढ्दो छ।

इन्डोनेसियामा धेरै रुख काटेर कोइला बनाउने र युरोपमा आयात गर्ने प्रचलन पनि बढ्दो छ। यसले त्यहाँको वातावरण अझ नराम्रो बनाएको छ।

रुख काटेर नजिकै एउटा आगो बालिएको स्थानमा यसलाई काटेर फ्याँकिन्छ। यो बलेर कोइलामा परिणत भए पनि प्याक गरिन्छ। यसरी प्याक गरिएको रुखका ठुटा नै विदेशमा पनि निर्यात गरिन्छ। म्याग्रोभा रुखहरू कडा भएका कारण कोइलाका लागि उपयुक्त मानिएको हो। यो कोइला धेरै जसो बारबीक्युका लागि प्रयोग हुन्छ।

इन्डोनेसियामा वातावरण प्रदूषणका अन्य धेरै कारण छन्। वन विनाश, कोइलाजन्य उद्योग र सवारी साधन भने मुख्य हुन्। यसले उत्पन्न गराएको समस्या प्रत्येक दिन बढ्दो छ। संसारका अन्य देशले झैँ इन्डोनेसियाले पनि पेरिस सम्झौतामा हस्ताक्षर गरेको छ। त्यस सम्झौतामा गरिएको हस्ताक्षर अनुसार नै नयाँ प्रतिबद्धता र योजना बनाएको छ। तथापि ती योजना अत्यन्त सहज भने छैनन्।

कोइलाजन्य उद्योगलाई विद्युतबाट विस्थापित गर्ने लक्ष्यतर्फ अघि बढ्न भने इन्डोनेसिया अझै असफल छ। स्रोतः बीबीसी

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ८ : ०३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार