हिमालयन म्युचुअल फण्ड अन्तर्गत ‘हिमालयन ८०–२०’ निष्काशन हुने « Khabarhub

हिमालयन म्युचुअल फण्ड अन्तर्गत ‘हिमालयन ८०–२०’ निष्काशन हुने


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको कोष प्रवर्द्धक, हिमालयन बैंक लिमिटेडको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने भएको छ ।

नेपाली पुँजी बजारमा नवीनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्कासन हुने भएको हो ।

यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैङ्क लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

सन् १९९३ मा स्थापना भई विगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैङ्क लिमिटेड देशको अग्रणी वित्तीय संस्था मध्ये स्थापित हुन सफल रहेको छ ।

कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामूहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजी बजारको नवीनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

यस योजनाको प्रति इकाई अङ्कित मूल्य १० रुपैयाँको दरले १० करोड इकाईले हुन आउने कुल रकम एक अर्ब रुपैयाँ बराबरको हुनेछ । जस मध्ये न्यूनतम एक करोड पचास लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईहरू कोष प्रवर्द्धक , हिमालयन बैङ्कलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड पचास लाख इकाईहरू स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रूपमा २०८० साउन ३२ गतेदेखि छिटोमा मिति भदौ ४ गते (बैंकिङ समयसम्म) र ढिलोमा २०८० भदौ १५ गते ( बैंकिङ समयसम्म) सम्म निष्कासन तथा बिक्री खुला हुनेछ ।

यस ‘हिमालयन ८०–२०’ नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा सञ्चालन गरी लगानी कर्ताहरूलाई उच्चतम् प्रतिफलको अनुभव प्रदान गर्ने गरी सञ्चालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ११ : ०९ बजे

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज