पुँजी बजारको समस्या समाधान गर्न धितोपत्र बोर्डको ध्यानाकर्षण « Khabarhub

पुँजी बजारको समस्या समाधान गर्न धितोपत्र बोर्डको ध्यानाकर्षण


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुँजी बजारमा देखिएको संकट समाधानको माग गर्दै सेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेबोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएको हो ।

सेयर बजारमा आपूर्तिको मात्र ओइरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरूको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोइरालाले बताए ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउन, बैंक तथा वित्तीय संस्थाहरूलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरूको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी व्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिवार्य गर्नगराउन पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  १ : १५ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको