एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिष्कार « Khabarhub

एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिष्कार


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

समितिको सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै एमालेका सांसदहरुले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन् । यसअघिको बैठकमा एमालेका सांसदहरुले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए ।

एमालेका सांसदहरुले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ । बैठक स्थगीत भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले विभिन्न कारण देखाई समितिहरुलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्य मान्यताविपरीत भएको बताए । उनले यस विषयमा सभामुखले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने जिकिर गरे । केसीले तीन दलसंग मात्रै नभई संसदमा भएका दलहरुसंग सभामुखले छलफल गर्नुपर्ने बताए ।

त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफुहरुसंग छलफल नगरेको गुनासो गरे ।

यता एमाले सांसद अच्युतप्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउनका लािग सभापति चयन गर्नुपर्ने बताए । उनले समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जोड रहेपनि ढिलो हुँदै गएकाले समिति बहिष्कार गर्नुपरेको जिकिर गरे ।

मैनालीले समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत अडान यथावत नै रहेको बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ३ : ०४ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर