सामाजिक सद्‌भाव खल्बल्याउने गतिविधिप्रति राप्रपाद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

सामाजिक सद्‌भाव खल्बल्याउने गतिविधिप्रति राप्रपाद्वारा सरकारको ध्यानाकर्षण


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरीको धरानमा भएको सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकाको ध्यानाकर्षण गराएको छ ।

हिन्दू धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्नेगरी धरानमा कानूनबाट वर्जित भएको घटनालाई लिएर राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर बहुसंख्यक हिन्दू धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्नेगरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो । सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ३ : ४२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका