गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत « Khabarhub

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लहान – अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।

आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे ।

“निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छाँै र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भने, “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्नेछौँ ।”

उनले पूँजीगत रकमका आकार सानो भएकाले साना योजनामा रकमान्तर गर्न नसकेको स्वीकार गरे । तराई मधेसको कृषिको विकासका लागि सुनकोसी–मरिण डाइभर्सन र कमला सिँचाइ आयोजनालाई सरकारले उच्च महत्त्व दिएर लागिपरेको पनि उनले प्रष्ट पारे । समारोहमा मन्त्री महतले कार्यकर्तालाई कांग्रेसको संस्थागत निर्णयमा एकताबद्ध भएर लाग्न आह्वानसमेत गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ५९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र