देशमा परिवर्तनको घन्टी बज्नुपर्छ : रवि लामिछाने | Khabarhub Khabarhub

देशमा परिवर्तनको घन्टी बज्नुपर्छ : रवि लामिछाने


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

इलाम – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गरेका छन् । इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एक पटक अवसर दिन आग्रह गरे।

“काम गर्न सकेनौँ भने यो क्षेत्र घन्टी निषेधित बनोस्”, उनले भने, “इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुनसकेको छैन ।”

उनले आफूहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए सुन तस्करी, ललिता निवासलगायतका प्रकरणबारे छानबिन गर्ने दाबी समेत गरे । रास्वपाको उदयबाट आत्तिएकाले आफूहरूविरुद्ध हमला गरिरहेको उनको भनाइ छ ।

“हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्”, उनले भने, “गुणस्तरीय शिक्षा, घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह नै हाम्रो सिद्धान्त हो ।” उनले शान्त विद्रोह गरेर आगामी निर्वाचनमा रास्वपालाई विजयी बनाउन आग्रह समेत गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ११ : ०४ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१