तीजको दरमा के खाने के नखाने ? | Khabarhub Khabarhub

तीजको दरमा के खाने के नखाने ?


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले परापूर्वकालदेखि नै अघिल्लो दिन नै उनीहरूलाई दर खुवाउने प्रचलन रहेको छ। हुन त आजभोलि महिनौं अघिदेखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ। तर तीज भन्दा एक दिन अगाडि चाहिँ हाम्रो परम्परागत दर खाने चलन रहिआएको छ। तिजमा कस्तो दर खाने ? कस्तो परिकारको दर चाहिँ बनाउनै पर्ने वा कस्तो कस्तो परिकार समावेश गर्नुपर्ने हो ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि पोषणविद् उमा कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंशः

तीजमा सबैले दर खाने भनेको सुनिन्छ यसलाई कसरी बुझ्ने ?
सामान्यतया मिठो, मसिनो अलि विशेष खाने कुरालाई दर भनिन्छ। आज चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ। माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन्।

पहिला एक दिनलाई दर खाने भनिन्थ्यो। अहिले महिना दिन अगाडिदेखि खान थालिएको छ। यसलाई कसरी बुझ्ने ?
दर खाने भनेको व्रतको अघिल्लो दिनमा नै हो। तर, अहिले एउटा व्यक्ति बाहिर हिँड्ने, काम गर्ने साथीहरु बनाउने भएकोले नाता, गोता बढाउने वा कुनै संघ संस्थामा कार्यरत भएकोले यो सबै ठाउँमा सम्मानपूर्वक दर खुवाउन थालिएको छ। साथमा आत्मियता बढाउन पनि यो केही अगाडिबाट खुवाइदै आएको देखिन्छ। तर, खासमा दर खाने त तीजको एक दिन अगाडि नै हो।

अहिलेका दरमा पहिलादेखि खाँदै आएका परिकार नभएर स्वास्थ्यका लागि खानै नहुने परिकार पनि समावेश हुन थालेका छन्। यसरी कसरी हेर्नु भएको छ ?
दर खुवाउन मान्छे बोलाउँदा सबैलाई विशेष खाना खुवाउनुपर्छ भन्ने धारणा छ। दाल, भात त सधै खाएको हो। त्यसैले विशेषमा कोही पिजा तिर गयो होला। कोही पास्तातिर गयो होला। अलिकति तारेका खानुपर्यो होला। तर, हामीले नै त्यसमा ध्यान दिनु पर्दछ। लगातार त्यस्तो खानेकुरा खायो भने असर गर्दछ। त्यसैले सबैले जानेको परिकार चलनमा चलेका परिकार हेर्दा त्यही मासुजन्य परिकार पास्ता भए। बाहिर बजारमा खानेकुरा नखानु राम्रो हुन्छ। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खाने गर्नुपर्छ।

आज दरमा कस्तो खानाको परिकार समावेश गर्नु पर्दछ ?
हामी सधैं दाल, भात तरकारी खान्छौँ। दरमा चाम्रे, आलुको कवाब, ढकनी, खिर, पुलाउ सधैँ नखाने राम्रो खाना खाँदा राम्रो हुन्छ। घरमा सबै व्यक्तिले खुसीले खाने चिज के हुन्छ। त्यो आफ्नै घरमा नै बनाएर खाने हो। बाहिर भएको त्यही खाना पनि घरमा सफासँग ताजा रुपमा बनाएर खाँदा राम्रो हुन्छ।

भोलि दिनभर भोकै बसिन्छ आजै एकैपटक धेरै खाँदा समस्या होला। भोलिलाई असर नहोस् भनेर कसरी खानेकुराको सन्तुलन मिलाउने ?
यसको लागि बिहानदेखि नै मजाले खाने गर्नुपर्छ। सहरी एरियामा बेलुका धेरै नखाने चलन छ। त्यसैले बिहान नै मजाले खाने गर्नुपर्छ। धेरै चिल्लो खाना खानु हुँदैन घिउहरू आफ्नो स्वास्थ्यले के कति पचाउन सक्छ ? त्यति मात्र खानुपर्छ। दिउँसो पुरी तरकारी सेल फुरौला कसको कस्तो चलन छ, त्यही खाँदा हुन्छ। बेलुका कतिको घरमा नर्मल खाना खाएर काँडा खाने चलन छ। काँडा भनेको घिउमा मिस्री भुटेर पनि खान्छन्। कसैले सादा पानीमा मिस्री हालेर बाह्र मसला हालेर खाने हो। कसैले बाक्लो दूध बनाएर पनि खान्छन्।

दर भनेर राति उठेर पनि खाने चलन छ यसलाई कसरी बुझ्ने ?
तिजका दर राति नखाए मजा नै हुँदैन भन्ने पनि धेरै हुनुहुन्छ। त्यसैले राति उठेर पनि खान्छन्। यसरी राति खाएको खाना शरीरमा राम्रोसँग पच्दैन। त्यो राति खाएर निदाउन सकिँदैन। त्यसैले नखाँदा नै राम्रो हुन्छ। तर कसैले पचाउछ भने त खाँदा पनि हुन्छ।

बिहानदेखि बेलुकासम्म आज खाने खानामा स्वस्थ्यवद्र्धक बनाउन के-के समावेश गर्नु पर्दछ ?
आज खाने दरमा चिल्लो र प्रोटिनको मात्रा बढी हुन्छ। त्यसले गर्दा हामीले गेडागुडी खाने गर्नुपर्छ। जसले गर्दा छिटो पच्दैन र चाँडो भोक लाग्दैन। घिउँ ठिक्क खाने त्यसले पनि चाँडो भोक लाग्दैन। कतिपय प्रेसरका बिरामी कोलेस्ट्रोल भएका, रक्तस्राव भएका मानिसले चिल्लो कम खाएर सागपात खाने गर्नुपर्छ।

स्वास्थ्यको लागि राति सुत्ने बेला दूध खानु उपयुक्त वा काँडा पानी खानु उपयुक्त ?
काँडा भनेको एक किसिमको ग्लुकोज हो। त्यसले लामो समयसम्म शक्ति दिइरहन्छ। त्यसले लामो समयसम्म भोकको अनुभव हुँदैन। तर दूध खाँदा पनि राम्रो हुन्छ।

कतिपयले भोलि व्रत बस्नुपर्दछ माछा मासु खानु हुँदैन भनेको सुनिन्छ यसमा कत्तिको सत्यता छ ?
माछा मासु पच्न धेरै समय लाग्छ। भोकको फिल हुँदैन। कसैले माछा मासु खानु हुँदैन भने पनिर च्याउ खाँदा हुन्छ। व्रतमा माछा, मासुलाई अशुद्ध भन्ने भएकाले पनि यो खानु हुँदैन भन्ने गरेको पाइन्छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ०२ बजे

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने  

काठमाडौं– सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन

क्रिकेटर सन्दीपलाई न्यायको माग गर्दै स्वतन्त्र युवाको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई न्यायको माग गर्दै माइतीघर मण्डलमा स्वतन्त्र

नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ

काठमाडौं – प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा

दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर

काठमाडौं– दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले