समाचार

अरुण काबेली पावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

By खबरहब

September 17, 2023

काठमाडौँ– अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

यसमा आजसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङले जानकारी गराएको छ । यसले भदौ ११  गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउने छन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।