देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी मर्कामा  « Khabarhub

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी मर्कामा 


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।

गत बुधवार हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै सङ्घले सेवा ठप्प पारेको हो ।

सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सेवा ठप्प पार्दा बिरामीहरू मर्कामा परेका छन्।

संघले आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै हिजो साँझ आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १० : ४१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले