सहारा क्लब पोखराको अध्यक्षमा केशव बराल चयन « Khabarhub

सहारा क्लब पोखराको अध्यक्षमा केशव बराल चयन


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कास्की– सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लबले कास्कीको फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ ।

मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित  क्लबको शनिबार सम्पन्न १३औँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा पुनः रामजीप्रसाद अधिकारी, सचिवमा टङ्कराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर, सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् ।

यसैगरी सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल रहेका छन् । सहारा क्लब फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको छ । क्लबले सहारा एकेडेमी सञ्चालन गरी फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।

एकेडेमी सञ्चालनका लागि क्लबले स्थापना गरेको अक्षयकोषमा हालसम्म दुई करोड ८५ लाख पुगेको क्लबले जनाएको छ । अहिले सहारा एकेडेमीमा चौथो समूहका ११ बालकलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ बालकलाई गत चैतमा बिदाइ गरेको थियो ।

क्लबले बर्सेनि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

आगामी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपलाई ‘लिगकम नकाउट’मा सञ्चालनको तयारी गरिएको महासचिव अधिकारीले बताए । सहाराको रजत जयन्ती तथा अधिवेशनका अवसरमा खेलकुदलगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ११ : २८ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ