सरकार र चिकित्सक सङ्घबीच वार्ता जारी « Khabarhub

सरकार र चिकित्सक सङ्घबीच वार्ता जारी


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सकमाथि कुटपिटको विषयमा सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको छ । 

सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहित पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको संघका महासचिव डा. सञ्जीव तिवारीले जानकारी दिए ।

संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमणविरुद्ध दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको छ ।

यही भदौ २७ गते सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न आजै निर्देशन दिएका थिए।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  १२ : १७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने