सार्वजनिक लेखा समितिले बेरुजुबारे अध्ययन गर्ने « Khabarhub

सार्वजनिक लेखा समितिले बेरुजुबारे अध्ययन गर्ने


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले महालेखाको ४४ देखि ६० औं प्रतिवेदनसम्म अध्ययन हुन नसकेको भन्दै बिभिन्न उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

२१ वटा मन्त्रालय र २० वटा संवैधनिक आयोगको बेरुजु अध्ययन गर्न समितिले बिभिन्न ९ वटा क्लस्टर छुट्टाएर उपसमिति बनाएको छ । बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताए ।

हरेक वर्ष बेरुजु बढ्दै गएको अवस्थामा यसको कारणका बारेमा पनि अध्ययन गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  २ : ४२ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास