आइतबार नेप्से परिसूचक ओरालो « Khabarhub

आइतबार नेप्से परिसूचक ओरालो


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक तीन दशमलव ३३ र वित्त समूह तीन दशमलव ३० प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४२, विकास बैंक दुई दशमलव ५९, होटल तथा पर्यटन तीन दशमलव २९, जलविद्युत् दुई दशमलव ७९ र लगानी समूहको उपसूचक एक दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको उपसूचक दुई दशमलव ९७, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६०, लघुवित्त एक दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा दुई दशमलव ५९ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले घटेको छ ।

शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ३ : २६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस