प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता कार्तिकमा « Khabarhub

प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता कार्तिकमा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाको आयोजनामा छैटौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी कार्तिक ३ गते आयोजना हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क महाशाखाका महाशाखपति महासेनानी विजय केसीले जानकारी दिए ।

उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी असोज १५ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताए । दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश हुने उक्त प्रतियोगिताको जम्मा दूरी ४३ दशमलव ७ किलोमिटरको हुनेछ । एक टिममा चार खेलाडी सहभागी हुने र उमेर १८ वर्षभन्दा माथिको हुनुपर्ने उनले जानकारी दिए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, दोस्रो हुने टोलीलाई एक लाख, तेस्रोलाई ७५ हजार, चौथोलाई २५ हजार र पाँचौँलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह