एसिया कपको उपाधि भारतले जित्यो, श्रीलंका १० विकेटले पराजित « Khabarhub

एसिया कपको उपाधि भारतले जित्यो, श्रीलंका १० विकेटले पराजित


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकलाई भारतले १० विकेटले पराजित गर्‍यो ।

श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले केबल ६ ओभर १ बलमा भेट्टायो । भारतका लागि शुभमन गिलले २७ र इसान किसनले २३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अल आउट भएको थियो ।

श्रीलंका १५ ओभर २ बलमा केबल ५० रनमा समेटियो । खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशन हेमन्थाले १३ रन जोडे । श्रीलंकाका अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले ६ तथा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

 

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ६ : ३९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति