९ क्विन्टल गाँजासहित दुईजना पक्राउ « Khabarhub

९ क्विन्टल गाँजासहित दुईजना पक्राउ


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर –सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ ।

टोलीले आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नंको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए।

विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताए ।

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको कार्कीले बताए ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ९ : ५७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ