स्नेक प्लान्ट किन घरभित्र राखिन्छ ? यसका फाइदा थाहापाउनुहोस् « Khabarhub

स्नेक प्लान्ट किन घरभित्र राखिन्छ ? यसका फाइदा थाहापाउनुहोस्


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.4k
Shares
  • change font
  • change font
  • change font

गमलामा विभिन्न किसिमका फूल तथा वनस्पतिहरू सजाएर राखेको हामीले देख्दै आएका छौँ ।

केही फूल तथा वनस्पतिहरू घर बाहिर सजाएर राखिएका हुन्छन् भने केही घरभित्रै पनि हुन्छन् । फूल तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउने मात्र नभइ मानिसका लागि धेरै फाइदा पनि दिन्छ ।  यसैमध्येको एक हो स्नेक प्लान्ट ।

अधिकांश घर तथा कार्यालयमा स्नेक प्लान्ट लगाएको पाइन्छ । नेपालमा करिब २० किसिमका स्नेक प्लान्ट पाइन्छ । यो प्लान्ट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । सर्प जस्तो देखिने यो बिरुवा रोप्नुका आफ्नै फाइदाहरू छन् । यो प्लान्ट घर भित्र राख्दा यसले हावा शुद्ध बनाउने काम गर्छ ।

स्नेक प्लान्टले कार्बनडाइअक्साइड शोषण गरेर अक्सिजन उत्पादन गरिरहन्छ । त्यसैले धेरैले यसलाई घरको प्यासेज, वा बैठक कोठामा राख्ने गर्दछन् ।

स्नेक प्लान्टले रातमा समेत अक्सिजन उत्सर्जन गर्ने गर्दछ । यसलाई बेडरुममा राख्दा रातमा गहिरो तथा राम्रो निद्रा लाग्ने तथा हावामा रहेका श्वासप्रश्वास सम्बन्धी रोगहरू बढाउने केही हानिकारक रसायनहरू जस्तै– जाइलिन, ट्राइक्लो–रेथिलिन, टोल्युइन, बेंजिन र फर्मल्डिहाइडलाई हटाउने कार्य गर्दछ ।

स्नेक प्लान्टको हेरचाह कसरी गर्ने ? 
यो प्लान्ट अरु प्लान्ट भन्दा हुर्काउन निकै सजिलो छ यसलाई धेरै पानी पनि हाल्नु पर्दैन महिनाको दुई पटक पानी हाल्दा पुग्छ ।  यसलाई हल्का घामको आवश्यकता पर्छ, समय–समयमा यसका पात काटिरहनुपर्छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : २३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२