‘लम्पी स्किन’ पीडित किसानलाई राहत « Khabarhub

‘लम्पी स्किन’ पीडित किसानलाई राहत


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पी स्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानका तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ ।

नगरले लम्पी स्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया मरेका किसानलाई राहत दिएको हो । मरेका प्रतिपशुचौपायालाई १० हजारका दरले तीन सय किसानलाई तीन सय १० पशुचौपायाको राहत प्रदान गरिएको नगर पशुपक्षी शाखाका प्रमुख लीलानाथ सापकोटाले जानकारी दिए ।

लम्पी स्किन पनौती नगरको वडा नम्बर १ मा ३८, वडा नम्बर २ मा २४, ३ मा ६६, ४ मा ३५, ५ मा ३१, ६ मा ११, ७ मा चार, ८ मा १४, ९ मा ६० पशुचौपायाको मृत्यु भएको थियो । त्यस्तै वडा नम्बर १० मा २१, वडा नम्बर ११ मा पाँच र वडा नम्बर १२ मा एक पशु मरेको पशुचौपायाको परिवारलाई राहत वितरण गरिएको शाखाले जनायो ।

लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा हालसम्म ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपायाको मृत्यु भएको छ । उक्त रोगका कारण गाईगोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लाको सबैभन्दा बनेपा नगरको छवटा वडामा एक सय १८ पशु मरेका थिए ।

यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभ्रेपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो ।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : १६ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित