खाद्य कम्पनीद्वारा खसीबोका र च्याङ्ग्रा बेच्न सुरु, कति छ मूल्य ? « Khabarhub

खाद्य कम्पनीद्वारा खसीबोका र च्याङ्ग्रा बेच्न सुरु, कति छ मूल्य ?


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दसैँका लागि खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको छ ।

कम्पनीले विभिन्न जिल्लाबाट ल्याएका दुईहजार खसीबोका र एकहजार च्याङ्ग्रा काठमाडौँको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री वितरण आज बिहानबाट सुरु गरेको हो ।

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याएको छ ।

कम्पनीकाअनुसार जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । यो मूल्यमा १० रुपैयाँ छुट पाइने छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको