अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल भ्रमणमा जाने भएका छन् । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध जारी रहेकै बेला राष्ट्रपति बाइडेन इजरायल भ्रमणमा जान लागेका हुन् ।

बाइडेनले आफूले इजरायल र जोर्डनको भ्रमण गर्ने सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् ।

अक्टोबर ७ मा हमासले गाजाबाट अचानक इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले हमासविरूद्ध आक्रमण गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका अनुसार हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको अवस्था बुझ्न बाइडेनले इजरायल भ्रमण गर्न लागेका हुन् । 

केही दिनअघि विदेशमन्त्री ब्लिङ्केन पनि तेल अभिभ पुगेर इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग हमासविरूद्धको लडाइँ र अमेरिकाको सहयोगबारे कुरा गरेका थिए।

इजरायलमा रहँदा बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र विदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाइएको छ । 

इजरायल–हमास युद्धमा अहिलेसम्म १४ सय इजरायली र २७ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने हमासले झन्डै २ सय जनालाई बन्धक बनाएर लगेको जनाइएको छ ।

यस्तै, इजारयलबाट राष्ट्रपति बाइडेन छिमेकी मुलुक जोर्डन जाने छन्। जोर्डनमा उनले राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसी र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग भेटघाट गर्ने बताइएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १२ : ०४ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको