अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल भ्रमणमा जाने भएका छन् । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध जारी रहेकै बेला राष्ट्रपति बाइडेन इजरायल भ्रमणमा जान लागेका हुन् ।

बाइडेनले आफूले इजरायल र जोर्डनको भ्रमण गर्ने सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् ।

अक्टोबर ७ मा हमासले गाजाबाट अचानक इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले हमासविरूद्ध आक्रमण गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका अनुसार हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको अवस्था बुझ्न बाइडेनले इजरायल भ्रमण गर्न लागेका हुन् । 

केही दिनअघि विदेशमन्त्री ब्लिङ्केन पनि तेल अभिभ पुगेर इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग हमासविरूद्धको लडाइँ र अमेरिकाको सहयोगबारे कुरा गरेका थिए।

इजरायलमा रहँदा बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र विदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाइएको छ । 

इजरायल–हमास युद्धमा अहिलेसम्म १४ सय इजरायली र २७ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने हमासले झन्डै २ सय जनालाई बन्धक बनाएर लगेको जनाइएको छ ।

यस्तै, इजारयलबाट राष्ट्रपति बाइडेन छिमेकी मुलुक जोर्डन जाने छन्। जोर्डनमा उनले राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसी र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग भेटघाट गर्ने बताइएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १२ : ०४ बजे

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् ।

इजरायली आक्रमणमा १५ जनाको मृत्यु

गाजा सिटी- गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले