एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो | Khabarhub Khabarhub

एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । 

एमाले त्यागेर अन्य दलमा गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुख पद गुमेको हो ।

एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । 

एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १२ : ३३ बजे

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि