रियलमीको ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन « Khabarhub

रियलमीको ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमङ्गस् उपहारले सबै दङ्ग’ योजना ल्याएको छ ।

यही असोज २८ देखि कार्तिक २९ सम्म लागू हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन, स्कुटर र रियलमी जीटी २ प्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन्।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैँ तिहार उमङ्गस् उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ ।

रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाएको माया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँनेर सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ ९६ जिबिं १२८ जिबि) न जित्न सक्नेछन्।

त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५’ ४ के टिभी, रियलमी जीटी २ प्रो, र टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन्। यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.comमा गएर आफुले खरिद गरेको नयाँ स्मार्टफोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १२ : ४१ बजे

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा