आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङस्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताए । 

‘नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ’, उनले भने, ‘यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ ।’

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको उल्लेख गरे । 

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलनका आधारमा अगाडि बढाउने काममा वर्तमान सरकार तुलनात्मक रूपले सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए। उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले दुई देशका उच्च नेतृत्वबाट भएको भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको बताए । 

‘नेपाल र चीनबीचको जनस्तरका साथै द्विपक्षीय सम्बन्ध मजबुत भएको छ, दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनले गति लिने विश्वास छ’, उनले भने। सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ दूतावासमा आयोजित दिवाभोजमा सहभागी भएका थिए । कार्यक्रममा दूतावासका कर्मचारीलगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ५० बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका