सहुलियत पसलमै चिनी अभाव « Khabarhub

सहुलियत पसलमै चिनी अभाव


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो । 

‘उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो’, क्षत्रीले भने, ‘बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी रु एक सय ३० लिने गरेका छन् ।’

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि सर्वसाधारणको दैनिकी कष्टकर हुँदै आएको उनको भनाइ छ । सहुलियत दरमा खाद्यवस्तुको बिक्री गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखरा र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराको बिक्री केन्द्रले यसवर्ष चिनी नभएका कारण बिक्री गरिएको छैन । ‘सरकारले काठमाडौँ बाहिरका जिल्लामा पनि चिनी बिक्री केन्द्र राखेको भए आम उपभोक्ताले सहुलियत दरमा चिनी किन्न पाउने थिए, किन त्यसो नगरेको होला ?’, क्षत्रीले प्रश्न गरे । 

साल्ट टे«डिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दसैँमा चिनी आयात हुन नसकेको र दशैँपछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए । 

‘दसैँमा उपभोक्तालाई सहुलियत दरमा चामल, तोरीको खाने तेल, नुहाउने साबुन र नून सहुलियत दरका दिएका छौँ’, उनले भने, ‘सधैँ झैँ यसवर्ष पनि साल्ट ट्रेडिङको कार्यालय पृथ्वीचोकबाट उपभोग्य सामान बिक्री भइरहेका छन् ।’

प्रमुख उपाध्यायका अनुसार साल्ट ट्रेडिङले २५ केजी तौल भएको जिरा मसिनो चामलको बोरालाई बजार भाउभन्दा रु पाँच सय सस्तोमा रु दुई हजार एक सयमा बिक्री गरिएको छ । त्यस्तै २५ केजीको सोना चामल प्रतिबोरामा रु दुई सय ५० छुट गरी रु एक हजार सात सय ५० मा बिक्री गरिएको छ । त्यस्तै नूनमा दुई सहुलियत दिइएको छ भने सन्तुर साबुनमा रु १० र बजार भाउ रु चार सय २५ रहेको शान्ति तोरीको तेल प्रतिलिटर रु तीन सय ७० मा बिक्री  गरिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी रञ्जना केसीले यसवर्ष चिनी नभएका कारण पोखराबाट स्टिम जिरा चामल बिक्री गरिएको जानकारी दिए । 

उनका अनुसार २५ केजी तौल भएको चामलको बोरा रु एक हजार नौ सय ७५ मा बिक्री भइरहेको छ । दसैँदेखि छठ पर्वसम्मको लागि पाँच सय क्विन्टल चामल बिक्रीका लागि राखिएकोमा पोखराको पार्दीस्थित बिक्री केन्द्र र पृथ्वीचोकको बिक्री केन्द्रबाट दैनिक २० क्विन्टल चामल बिक्री भइरहेको केसीको भनाइ छ ।

‘प्रतिपरिवार दुई बोरा चामल दिएका छौँ’, केसीले भने, ‘सहुलियत पसल यही असोज १५ गतेदेखि सुरु भई मङ्सिर ३ गतेसम्म रहने छ ।’ विशेष गरी दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलमा चामल खरिद गर्न दसैँसँगै सर्वसाधारण उपभोक्ताको चाप बढेको उनको भनाइ छ ।

सरकारले बोलपत्रमार्फत खरिद गर्न लागेको चिनी केही हप्तामा नै बिक्री केन्द्रमा आइपुग्ने र चिनीको समेत बिक्री गर्ने उनले बताए । देशभर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ र दुग्ध विकास संस्थानले ११ आउटलेटबाट सहुलियत मूल्यमा सामान बिक्री गरिरहेका छन् । 

सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भए-नभएको विषयमा अनुगमन गर्न सरकारले अनुगमन समिति पनि बनाएको छ । सहुलियत पसलबाट धेरैभन्दा धेरै लाभ लिन केसीले उपभोक्तालाई आग्रह गरेका छन् ।  

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ३ : १९ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले