खसीबोका र च्याङ्ग्राको बिक्री सुरू « Khabarhub

खसीबोका र च्याङ्ग्राको बिक्री सुरू


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरू गरेको छ ।

कम्पनीले थापाथली कार्यालय परिसरबाटै दशैँका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरू गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले कम्पनीलाई यस पटक निकासा भएको बजेट र तोकिएको कोटा अनुसार २ हजार खसी बोका र १ हजार च्याङ्ग्रा खरिद गरेर विक्री वितरण सुरु गरिएको बताए ।

उनले हेटौँडा र दाङबाट १ हजार खसी बोका तथा हिमाली जिल्लाहरुबाट १ हजार च्याङ्ग्रा खरिद गर्ने प्रक्रियामा रहेको र केही आइपुगेर बिक्री सुरु गरिएको बताए ।

उनले अहिले ढुवानी भाडामा वृद्धि भएपनि कम्पनीले जनतालाई सहुलियत होस भन्ने उदेश्यले बजार मुल्यभन्दा प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२ सय ५० मा बिक्री गरिरहेको जानकारी दिए ।

उनले कम्पनीले भित्र्याएका खसीबोका तथा च्याङग्राको पशु चिकित्सकबाट स्वास्थ परिक्षण गरी विक्री सुरु गरिएको बताए । उनले नाप तौलमा समेत कुनै अनियमितता नहुने दाबी गरे ।

कम्पनीले शुद्ध र स्वस्थ्य खसी–बोकाको सिङमा हरियो र कमसल खसी–बोकाको सिङमा रातो रङ लगाएको छ । खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ३ : ५३ बजे

इजरायलमा आज आम निर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ