खसीबोका र च्याङ्ग्राको बिक्री सुरू « Khabarhub

खसीबोका र च्याङ्ग्राको बिक्री सुरू


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरू गरेको छ ।

कम्पनीले थापाथली कार्यालय परिसरबाटै दशैँका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरू गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले कम्पनीलाई यस पटक निकासा भएको बजेट र तोकिएको कोटा अनुसार २ हजार खसी बोका र १ हजार च्याङ्ग्रा खरिद गरेर विक्री वितरण सुरु गरिएको बताए ।

उनले हेटौँडा र दाङबाट १ हजार खसी बोका तथा हिमाली जिल्लाहरुबाट १ हजार च्याङ्ग्रा खरिद गर्ने प्रक्रियामा रहेको र केही आइपुगेर बिक्री सुरु गरिएको बताए ।

उनले अहिले ढुवानी भाडामा वृद्धि भएपनि कम्पनीले जनतालाई सहुलियत होस भन्ने उदेश्यले बजार मुल्यभन्दा प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२ सय ५० मा बिक्री गरिरहेको जानकारी दिए ।

उनले कम्पनीले भित्र्याएका खसीबोका तथा च्याङग्राको पशु चिकित्सकबाट स्वास्थ परिक्षण गरी विक्री सुरु गरिएको बताए । उनले नाप तौलमा समेत कुनै अनियमितता नहुने दाबी गरे ।

कम्पनीले शुद्ध र स्वस्थ्य खसी–बोकाको सिङमा हरियो र कमसल खसी–बोकाको सिङमा रातो रङ लगाएको छ । खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ३ : ५३ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक