त्रिकोणात्मक क्रिकेट सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुँदै « Khabarhub

त्रिकोणात्मक क्रिकेट सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुँदै


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ । 

काठमाडौंको मूलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।  

पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगिता अघि नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली टीमले राम्रो तयारी गरिरहेकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फ्रेन्समा पौडेलले सन्दीप लामिछानेको अनुपस्थितले टिममा असर पर्नु स्वभाविक रहेको उनले बताए ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मूलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताए। उनले सन्दीपसँग निरन्तर छलफलमा रहेको र  नेपाली परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उल्लेख गरे । क्रिकेट संघमा आफूले पाएको जिम्मेवारी बहन गर्न आफू गम्भीर हुने उनको भनाइ छ ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम रहेको छ । खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा समेत गरिसकेको छ ।  नेपाली टिमको सूचीमा सन्दीप लामिछानेको इच्छाअनुसार त्रिकोणात्मक सिरिजमा समावेश गरिएको छैन 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार