‘संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन’  « Khabarhub

‘संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन’ 


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उनले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताए।

उपप्रधानमन्त्री खड्काले भने, ‘संविधान कार्यान्वयनका चुनौती अझै बाँकी रहेका छन्, त्यसप्रति सजग हुन आवश्यक छ, संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको छ, यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्छ ।’ विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउँदै उनले संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गएको बताए । दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ थियो ।

मन्त्री खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा तयारी गरेर प्रतिनिधिसभामा प्रस्ताव लिएर गए पनि त्यो प्रस्ताव एमालेको कारणले असफल भएको बताए। उनले भने, ‘कांग्रेसको काँधमा स्थानीय तहदेखि केन्द्रसम्मै मुलुकको नेतृत्व गर्ने र जनतामा छाएको निरासालाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती आएको छ, जनप्रतिनिधिले परिवारवाद, नातावाद र स्वार्थभन्दा माथि उठेर काम गरे देखापरेका चुनौतीमाथि जित हासिल गर्न सक्नुपर्छ, अरुलाई दोष दिएर मात्र हुँदैन पहिला आफू दोषमुक्त हुन सक्नुपर्छ ।’

कांग्रेसले आफ्नो हैसियतअनुसार प्रदेश र सङ्घमा हैसियत पाउन नसकेको टिप्पणी गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘स्थानीय तहलाई हेर्दा कांग्रेसले आफ्नो हैसियत बनाएको छ, तर सङ्घ र प्रदेशमा आफ्नो हैसियतअनुसार कांग्रेसले हैसियत पाउन सकेको छैन, नेपाली कांग्रेस सरकार कहाँ छ भनेर प्रश्न गरे भने जनतालाई दिने जवाफ कहाँ छ ?’ कांग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोलीबचनमा सुधार गर्दै जनताको घरदैलोमा गएर जनताको पीडामा मल्हम लगाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कांग्रेस बलियो भए देश बलियो हुन्छ भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन गाउँ तहदेखि नै लाग्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको प्रशिक्षण विभागका सदस्य सचिव रामेश्वर ढकालले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा डा खिमलाल देबकोटा,डा बुद्धिमान श्रेष्ठ, प्रा कृष्ण खनाल, डा सुरेश आचार्यले प्रशिक्षण दिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : ३० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण