फ्रान्सका राष्ट्रपति म्याक्रोँ इजरायल भ्रमणमा जाने | Khabarhub Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोँ इजरायल भ्रमणमा जाने


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेलअवीव– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मङ्गलबार इजरायल भ्रमण गर्ने तयारी गरेको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। इजरायलमा हमास आतङ्ककारी समूहले गरेको घातक आतङ्ककारी हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।  

हमास समूहद्वारा अक्टोबर ७ देखि इजरायलमा गरिएका शृंखलाबद्ध हमलामा परी १,४०० इजरायलीको हत्या  भएको छ ।  करिब २०० जनालाई अपहरण गरिएको छ । हमास आतङ्ककारीहरूले अपहरण गरेका मध्ये एक जना फ्रान्सेली इजरायली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखा परेका थिए ।  सो भिडियो सार्वजनिक भएपछि  म्याक्रोँले उनको तत्काल  निःशर्त रिहाईको माग गरेको  द जेरुसेलम पोस्टले उल्लेख गरेको छ। म्याक्रोँ  इजरायलका दृढ समर्थक हुन् ।

यसअघि अक्टोबर ८ माम्याक्रोँले इजरायली समकक्षी आइज्याक हर्जोग र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए ।  इजरायलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।

हमासको आक्रमणपछि शनिबार बिहान दक्षिणी र मध्य इजरायलमा रकेटको ब्यारेज प्रहार भएपछि म्याक्रोँले नेतान्याहु र हर्जोगसँग वार्ता गरेका थिए ।

यसै बीच हमासले इजरायलमा आक्रमण गरेपछि बेपत्ता भएका थुप्रै फ्रान्सेली नागरिकका परिवारका सदस्यहरूसँग सोमबार फ्रान्सका पूर्वप्रधानमन्त्री म्यानुअल भाल्सले भेट गरेका छन् । उनले तेल अवीवमा बेपत्ता भएकाहरूको परिवारलाई सान्त्वना दिएका छन् ।  इजरायलको राष्ट्रिय एकता पार्टीका नेता बेनी गान्ट्जले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गर्न लागेको  जेरुसेलम पोस्टले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या २ हजार ७५० पुगेको छ भने घाइतेको सङ्ख्या ९ हजार ७ सय पुगेको छ । मन्त्रालयले इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूमा  ७५० भन्दा बढी बालबालिका रहेको बताएको  छ।

हमासको आक्रमणबाट इजरायलमा मर्नेको सङ्ख्या अहिले १,४०० भन्दा बढी भएको इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : ४० बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु