विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । 

कैलालीको टीकापुर नगरपालिका-१ बनगाऊस्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय महादेव आले मगरलाई प्रहरीले पक्राउ गरेको छ  । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट एमफेटामाईन (आईस) जस्तो देखिने ३७ ग्राम ५० मिलिग्राम लागूऔषधसहित गोरखा शहिद लखन गाउँपालिका(३ बस्ने ३५ वर्षीय हिरा बहादुर नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कस्कीबाट खटिएको प्रहरीले प्रदेश १-०१००१ ख ३४३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बस चालक नेपाली समेत उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

पर्साको पर्सागढी नगरपालिका-१ स्थितबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ४ केजी ६ सय ८३ ग्रामसहित पटेर्वा सुगौली गाउँपालिका-४ देउरिया बस्ने ४० वर्षीय बृज किशोर थारूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वाबाट खटिएको प्रहरीले ना.१ ह ८० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ०१ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।