पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे « Khabarhub

पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । 

मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो । नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन् । यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना(फेस काउण्ट) गर्ने सिसी क्यामेरा जडान गरिएको छ । नवरात्रका समयमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको बताइएको छ ।

अन्य दिनको तुलनामा शनिबार र मंगलबार भने पाथीभरामा भक्तजनको चाप निकै बढ्ने गरेको छ । अघिल्ला वर्षहरूमा दसैँको समयमा पर्ने शनिबार र मङ्गलबारका दिन एकै दिनमा दश हजार भक्तजन पुगेको तथ्यांक छन् । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् ।

भक्तजनको आगमन बढेसँगै पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने जस्ता प्रबन्धलाई व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी थप व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए।

 तीर्थयात्रीको चाप बढ्दै गएपछि सहजरूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : २८ बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित