अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्षम : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्षम : मुख्यमन्त्री जम्कट्टेल


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अपराध अनुसन्धानमा नेपाल प्रहरीसक्षम रहेको बताएका छन् । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले ६८औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। प्रहरी सङ्गठनलाई समय सापेक्ष रूपान्तरण गर्दै अझ सुदृढ बनाउनुपर्नेमा मुख्यमन्त्री  जम्कट्टेलले जोड दिए ।   

प्रदेशले संविधानमा व्यवस्था गरिएको अधिकार क्षेत्रमा रहेर काम गर्दा सङ्घीय कानुनले विभिन्न बाधा व्यवधान देखाएकाले प्रहरी समायोजनले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । प्रदेश सरकारको मातहतमा प्रहरी सङ्गठन आएपछि मातहतका निकायलाई रूपान्तरण गर्दै लैजान सजिलो हुने मुख्यमन्त्री  जम्कट्टेलको भनाइ छ । 

प्रहरी सेवालाई सङ्ख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्नेमा उनले जोड दिए। प्रहरी अस्पतालको निर्माण बहुवर्षीय आयोजनाको रुपमा अगाडि बढेको बताउँदै यसका लागि चालु आवबाटै बजेट व्यवस्था गरिएको जानकारी पनि कार्यक्रममा गराइएको छ । 

सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको शान्ति सुरक्षामा प्रहरी सङ्गठनले खेलेको भूमिकाप्रति  सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वप्रहरी हवल्दार डम्बरबहादुर सापकोटालाई सम्मान गरिएको थियो भने प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । साथै  विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले  ६८औँ प्रहरी दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा र अमनचयनमा प्रहरी कटिबद्ध भई लागिरहेको बताए । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ५५ बजे

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक